नेकपा विवाद : दाहाल-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता « Khabarhub

नेकपा विवाद : दाहाल-नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको दाहाल-नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल’प्रचण्ड’ लाई चयन गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले दलको नेतामा प्रचण्डलाई चयन गरिएको नेता शिवकुमार मण्डलले जानकारी दिए।

अध्यक्ष माधवकुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव ११५ सांसदले सर्वसम्मत अनुमोदन गरेको संसदीय दलको नेता चुनेको मण्डलले बताए । नेकपाका १७४ मध्ये ११५ सांसद बैठकमा उपस्थित भएको उनले बताए ।

पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि प्रचण्डलाई संसदीय दलको नेता बनाइएको उनले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएपछि ओली र दाहाल-नेपाल समूहबीच आफ्नो समूहलाई आधिकारिक बनाउने दौडमा समानन्तर बैठक र निर्णयहरू भइरहेका छन् ।

ओली समूहले मंगलबार ५५६ केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यी महाधिवेशन आयोजक समिति प्रस्ताव गरेको छ भने प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको छ । मंगलबार नै दाहाल-नेपाल समूहले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  २ : ५६ बजे

इरान–अमेरिका तनावले बेलायतको ऊर्जा रणनीतिमा असर

लण्डन – इरान युद्धका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द

उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड

काठमाडौं– सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण

इरान–अमेरिका तनावबीच बेलायतले रुसी तेलसम्बन्धी प्रतिबन्ध कार्यान्वयनमा गर्‍यो ढिलाइ

लन्डन– इरान–अमेरिका तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढ्दै गएपछि बेलायत

ढुङ्गाले लागेर बालकको मृत्यु

अदानचुली– हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका