राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बन्ने अध्यक्ष थापाको दाबी « Khabarhub

राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बन्ने अध्यक्ष थापाको दाबी


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरेका छन।

आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको सङ्कटमोचन हुनसक्ने जिकिर गरे । नेता थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गरे ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले कांग्रेस कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको तथा राजसंस्था र हिन्दूराष्ट्रलाई पुनःस्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताए ।

अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई असफलताको बाटोमा लान नदिन राप्रपा बलियो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले यही पुस १७ गते काठमाडौँमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : १७ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई