कोरोना भाइरसको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध « Khabarhub

कोरोना भाइरसको नयाँ स्वरूप देखिएपछि बेलायतमा थप प्रतिबन्ध


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप भेटिएको थप प्रतिबन्ध लगाइएको छ ।

बेलायत सरकारले कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।

यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ ।

यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यता कडा खालका प्रतिबन्धहरु लगाएकोमा थप कडाइ गरिएको जनाइएको छ ।

बेलायतले थप कडाइ गरेसँगै आइतबार मात्र डच सरकारले पनि यात्रा प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ । बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकहरुले विदा मनाउन ठूलो संख्यामा जम्मा हुन सक्ने भएकोले प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा गरेका थिए । नयाँ प्रतिबन्धपछि कतिपय स्थानका नागरिकहरु घरबाट निस्किन  पाएका छैनन् ।

बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानहरुमा पूर्वी बेलायतका विभिन्न सात स्थानहरु छन् । पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना विरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उनले बताए ।

यसैबीच नयाँ स्वरूपको कोरोना भाइरस देखिएपछि बेलायतबाट आउने तथा जाने हवाई उडानमा प्रतिबन्ध लगाइएको छ ।

बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  १२ : १९ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा