आजदेखि सञ्चालन हुँदै सिनेमा हल « Khabarhub

आजदेखि सञ्चालन हुँदै सिनेमा हल


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुँदैछन् ।

हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि सिनेमा खुला गर्ने भएका हुन् ।

चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए ।

नेपाल चलचित्र संघले सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीप्रति उत्तरदायित्व बोध गरेर चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।

तर सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्न लागेका हुन् ।

हल सञ्चालन हुने भएपछि बिहीबार सरसफाइ गरिएको छ । आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ देखाउने तयारी छ।

नेपाल चलचित्र संघका अनुसार देशभरमा दुई सय सिनेमा हल बन्द हुँदा यसमा आश्रित ३० हजार परिवारको गुजरामा संकट निम्तिएको थियो ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ७ : ३५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट