प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा दाहाल-नेपाल समूहको माइतीघरमा प्रदर्शन (भिडियोसहित) | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा दाहाल-नेपाल समूहको माइतीघरमा प्रदर्शन (भिडियोसहित)


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छन्।

शुक्रबार बिहान पौने १० बजेबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित सो समूहका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरूले प्रदर्शन गरेका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रतिनिधिसभा भंग नभएको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/watch/?v=214672380247012

 

प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएको छ ।

माइतीघरको प्रदर्शनपछि बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन निर्वाचन आयोग जान लागिएको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

दाहाल-नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जान लागेको उनले बताए ।

‘हाम्रो पक्षमा बहुमत ११४ सदस्य र बहुमत सदस्य भएकोमा निर्वाचन आयोगलाई आशंका नहोस् भन्ने हाम्रो मनसाय हो, आधिकारिकताको छिनोफानो गर्न उसलाई सहज होस् भनेर हामी बहुमत केन्द्रीय सदस्य आयोगमा पुग्न लागेका हौँ,’ मण्डलले भने ।

एकीकरणको ३२ महिनामा विभाजनमा फसेको नेकपामा आफू आधिकारिक रहेको दुबै पक्षले दाबी गरिरहेका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एक अर्काविरूद्धका निर्णय गरिरहेका छन् ।

दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका छन् ।

यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल-नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ११ : ०१ बजे

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज