सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश जारी « Khabarhub

सर्वोच्चद्वारा संसद विघटनको निर्णयमा कारण देखाउ आदेश जारी


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न आदेश दिइएको हो ।

यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ ।

शुक्रबार रिट निवेदक तर्फबाट कानुन व्यवसायीहरुले संसद विघटन गर्ने सरकारको कदमबारे आफ्नो धारणा राखेका थिए ।

इजलासमा अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै संसद विघटन गर्नु तानाशाहीको पराकाष्ठा भएको बताएका थिए । उनले यो संविधानवादको घोर अपमान, दुर्भाग्यपूर्ण र तानाशाहीपूर्ण रहेको बताउँदै राष्ट्रपतिको निर्णय पनि दुर्भाग्यपूर्ण भएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन माग गरेका थिए ।

त्यस्तै अधिवक्ता रुद्र शर्मा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको भन्दै प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।

अधिवक्ता बद्री झाले संविधानको धारा ७६ मा संसद विघटनको व्यवस्था नरहेको बताउँदै संविधानमा संसदको ५ वर्ष कार्यकाल भनेको उल्लेख गरे ।

त्यस्तै अधिवक्ता सरोज घिमिरे राष्ट्रपति कार्यालयको विज्ञप्तिमा जुन दुई धारा उल्लेख गरिएको छ, त्यसको तादात्म्यता छैन भनेका छन्। उनले आफ्नो महत्वाकांक्षाका लागि संविधानलाई पूर्ण रुपमा बेवास्ता गरियो बताए । संविधान र संसदप्रति प्रधानमन्त्री उत्तरदायी नभएको भन्दै उनले पनि संसद विघटनको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरे ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  २ : १४ बजे

इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक