विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको « Khabarhub

विश्वभर ८ करोड जनामा संक्रमण, ५ करोड ६४ लाख निको


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ ।

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ । यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना  संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो ।

हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ७९९ जना गम्भीर बिरामी छन्।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : १५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण