आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति लिन मिल्ने « Khabarhub

आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति लिन मिल्ने


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए ।

श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालिएको थियो ।

पुस २९ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्न शुरु गरिसकेको छ । त्यसैगरी सरकारले यही माघ ११ गतेदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट समेत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ७ : ५७ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा