हाकिमकै मिलेमतोमा किर्ते नागरिकता « Khabarhub

हाकिमकै मिलेमतोमा किर्ते नागरिकता



झापा– इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय शाहकै मिलेमतोमा किर्ते नागरिकता वितरण भएको आशंकामा प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

कार्यालय प्रमुख शाहसहित तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत अनुसन्धान शुरू गरेको हो । प्रशासनले यसको जिम्मा जिल्ला प्रहरी कार्यालय झापालाई दिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा कार्यालय प्रमुख शाह, कार्यालय सहयोगी आसिर आलम र गौरादह ७ का कृष्णप्रसाद तिम्सिना रहेका छन् । तीमध्ये तिम्सिना विचौलिया रहेको प्रहरीले जनाएको छ ।

झापाकै साबिक जुरोपानी ८ हाल  गौरादह नगरपालिका वडा नं. ७ स्थायी ठेगाना देखाई अमृत राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९१, दीपिका राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९२ र बिशाल राईलाई नागरिकता नम्बर ०४–०६–७७–००५९३ को नागरिकता बितरण गरेको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तर, ती नागरिकता सम्बन्धी कुनै पनि अभिलेख इलाका प्रशासन कार्यालय गौरीगञ्जमा नभएको जिल्ला प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

सफ्वेयरकै दुरूपयोग

उनीहरुले नागरिकता सम्बन्धी सफ्टवेयर नै प्रयोग गरी ति नागरिकताहरु किर्ते गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानका क्रममा ति नागरिकता प्राप्त गर्ने व्यक्तिहरु नागरिकतामा उल्लेख भएको ठेगानामा नरहेको र कार्यालयको सफ्टवेयर प्रयोग गरी नागरिकता वितरण गरे पश्चात ति बिवरण सम्पादन गरी पुनः विभिन्न मितिमा सोही नम्बरका नागरिकताहरु अन्य ब्यक्तिलाई बितरण गरिएको पनि पाईएको छ ।

उनीहरु माथि प्रहरीले नागरिकता सम्बन्धी कसुर मुद्दा चलाएको छ । जिल्ला अदालतले समेत अनुसन्धानका लागि ५ दिन म्याद थप गरी दिएको छ ।

नागरिकता वितरणमा किर्ते भएको आशंकापछि थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न पत्राचार भए अनुसार जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ११ : २५ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह