प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर कलंकको टीका लगाए: प्रचण्ड « Khabarhub

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर कलंकको टीका लगाए: प्रचण्ड


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन्।

सोमबार पेरिसडाँडामा जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा हिँडेकाले पार्टीभित्र विभाजन आएको दाबी गरे । उनले संविधान, संघीयता र गणतन्त्रको पक्षमा लड्ने मुद्दा आफूहरुले पाएकाले आफूहरुले अर्को निर्वाचन जित्ने पनि दाबी गरे ।

‘केपी ओली जंगेको बाटोमा हिँड्नुभयो, त्यो दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो,’ प्रचण्डले भने, ‘नेकपामा विभाजन आउनुको कारण उहाँ नै हो ।’

साथै उनले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गरेर कलंकको टीका लगाएको पनि आरोप लगाए ।

‘संविधानविपरीत उहाँले संसद विघटन गरेर हामीलाई त्यसको विरोधमा सडकमा आउनुपर्ने गराउनु भयो। उहाँलाई धन्यवाद दिन्छु किनकि हामीलाई जनतासामू जाने मुद्दा दिनुभयो,’ उनले भने ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : ५४ बजे

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले