हवाई भाडा जुटाउन नसकेका थप ५ नेपालीलाई एनआरएनए कतारले दियो टिकट « Khabarhub

हवाई भाडा जुटाउन नसकेका थप ५ नेपालीलाई एनआरएनए कतारले दियो टिकट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका थप ५ नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तिका लागि हवाई टिकट सहयोग गरेको छ ।

कोरोनाका कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली व्यवसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निर्णय अनुसार छैटौं चरणमा ५ जनालाई हवाई टिकट प्रदान गरिएको हो ।

छैटौं चरणमा डिसेम्बर २५ तारिखका दिन धनुषाका अर्बिन्द कुमार बिराजि,कपिलवस्तुका अब्दुल करिम शेख र अब्दुल रहिम शेख,रुपेन्देहीका अख्तर हुसेन मुसलमान र मुहमद सबिरलाई निशुल्क हवाई टिकट उपलब्ध गराई स्वदेश फर्काइएको संघका अध्यक्ष मोहमद मुक्तदा मुसलमान जानकारी दिए ।

अहिलेसम्म स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्धार समितिले ५५ जना नेपालीलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फर्काईसकेको अध्यक्ष मुसलमानले बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : ०० बजे

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतद्वारा अस्वीकार

काठमाडौं- हाल फागुन २१ गतेको चुनावी अभियानमा रहेका राष्ट्रिय स्वतन्त्र