देशभर २४ घण्टामा ७०८ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर २४ घण्टामा ७०८ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० थियो ।

पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ रहेको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८४० पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा ४१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । जसमा उदयपुरमा एक, झापाका ४, भोजपुरमा एक, मोरङमा २१ र सुनसरीमा १४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

यस्तै प्रदेश २ मा ३ जना संक्रमित थपिएका छन् । जसमा धनुषाका २ जना र रौतहटका एक जना थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत २४ घण्टाको अवधिमा वाग्मती प्रदेशमा ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३२४, काभ्रेमा ७, चितवनमा १४, धादिङमा ६, नुवाकोटमा ७, भक्तपुरमा २२, मकवानपुरमा ७, रामेछापमा एक, ललितपुरमा ५२ र सिन्धुपाल्चोकमा २ जना थपिएका हुन ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा २७ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा कास्कीमा १९, गोरखामा एक, तनहुँमा एक, नवलपरासी पूर्वमा ५ र लमजुङमा एक जना थपिएका हुन ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अर्घाखाँचीमा ३, कपिलवस्तुमा ६, गुल्मीमा ४, दाङमा १६, नवलपरासीमा ५, पाल्पामा १०, बर्दियामा ११, बाँकेमा ३८, रुकुम पूर्वमा एक, रुपन्देहीमा ३७ र रोल्पामा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरी कर्णाली प्रदेशमा ८ जनामा संक्रमित थपिएका छन् । जसमा जाजरकोटका एक र सुर्खेतका ७ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा अछाममा एकजना, कंचनपुरमा १६, कैलालीमा २६, डडेल्धुरामा ३, बझाङमा ५ र बैतडीमा ४ जना संक्रमित थपिएका हुन ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विस्तृत विवरण

 

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : १९ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने