कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन : मुख्यमन्त्री भट्ट « Khabarhub

कुनै पनि हालतमा पार्टी फुट्नु हुँदैन : मुख्यमन्त्री भट्ट


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै पनि हालतमा फुट्न नहुने बताएका छन् ।

नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई पनि फाइदा नहुने भएकाले सबै नेता, कार्यकर्ताले एकजुट भएर पार्टी जोगाउनुपर्नेमा जोड दिए ।

उनले भने, “पार्टी फुटाएर देशको विकास नहुने भएकाले सबै एकजुट हुनुपर्छ ।” मुख्यमन्त्री भट्टले नागरिकको मतको कदर गर्दै उनीहरुको हक हित र विकासका लागि पनि एकजुट भएरै जानुपर्ने धारणा राखे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले पार्टी फुटाउनेजस्तो गलत निर्णयलाई प्रशय दिनु आफैँमा हानीकारक भएको बताए ।

उनले भने, “पार्टी फुट भए हामीलाई नै घाटा हो, आफूलाई घाटा हुने काम नगरी पार्टी जोगाएर जानु नै उत्तम हुनेछ ।”

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले पनि नेपाली जनताले देशको विकासका गर्न बहुमत दिएर जिताएको पार्टी नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्ति लागिपरेको हुँदा त्यस्ता शक्तिको पछि नलागी एकढिक्का भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

सभामा सम्बोधन गर्ने अधिकांश नेता तथा कार्यकर्ताले नेकपा कुनै पनि हालतमा फुट्नु नहुने बताएका थिए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ६ : ४१ बजे

पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना

वीरगञ्ज– जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा

भिनाजुबाट सालोको हत्या

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको

३३औँ मदन–आश्रित स्मृति दिवस (तस्बिर)

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन

मदन भण्डारीको ‘जबज’को विचार यथार्थको जगमा उभिएको छ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि चितवनको

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती