युट्युबमा रुचाइयो दीपक–दीपाको ‘छक्का पञ्जा ३’ « Khabarhub

युट्युबमा रुचाइयो दीपक–दीपाको ‘छक्का पञ्जा ३’


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्ष २०७५ मा फिल्म हलमा रिलिज भएर व्यावसायिक सफलता हात पारेको फिल्म ‘छक्का पञ्जा ३’ युट्युबमा केही दिनयता नम्बर एक ट्रेन्ड्रिङमा रहेको छ ।

६ दिनअघि हाइलाइटस् नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको यो फिल्मलाई दर्शकले मन परेको भन्दै प्रतिक्रिया दिएका छन् ।

दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भए पनि फिल्मले समीक्षा भने राम्रो पाएको थिएन । ‘दीपक–दीपा’ ब्राण्डका कारण फिल्म युट्युब रिलिजका लागि पनि प्रतीक्षित थियो ।

हास्य विधामा निर्माण गरिएको यो फिल्ममा विद्यालयमा हुने राजनीतिलाई कथानक बनाइएको छ ।

फिल्मको स्किृप्ट दीपकराज गिरीले लेखेका हुन् भने सुमन गिरी, शिवहरि पौडेल, किरण केसी र ताराचन्द्र बजगाईंले निर्माण गरेका हुन् ।

युट्युबमा फिल्म हेरेका दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् ।

‘एकदम राम्रो फिल्म, फिल्ममा नैतिक शिक्षा पनि छ, मनोरञ्जन पनि छ, यस्तो फिल्म कहिल्यै हेरिएको थिएन,’ रोहित पराजुलीले लेखेका छन् ।

यस्तै अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘सामाजिक कथामा एक उत्कृष्ट फिल्म ।’

फिल्मलाई कतिपयले सरकारी विद्यालयको प्रतिबिम्ब भएको बताएका छन् । फिल्ममा सरकारी विद्यालयमा शिक्षक र व्यवस्थापन पक्षले गर्ने लापरवाहीलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

यो समाचार तयार पार्दासम्म ‘छक्का पञ्जा ३’ ६२ लाख ८५ हजारभन्दा बढीले हेरेका छन् भने फिल्ममा झण्डै ८ हजार प्रतिक्रिया आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ४३ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई