अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ « Khabarhub

अपहरण मुद्दाका फरार अभियुक्त १२ वर्षपछि पक्राउ


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक जनालाई १२ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अपहरणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले/कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मङ्गलबार इलाममा पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले विसं २०६५ मा वुढाथोकीसहितको समूहले रावलसँग रु एक करोड ५० लाख फिरौती मागेर बन्धक बनाएकाले पक्राउ गरिएको जानकारी दिए ।

तत्कालीन समयमा रावललाई अपहरण गर्नेमा बुढाथोकीसहित बङ्गुरे भनिने विकास कार्की, सोल्टी भनिने टासी गुरुङ, विनोद कार्की, विकास गुरुङ, प्रल्हाद महत र विष्णु जिसी रहेका थिए ।

बन्धक बनाएर फरार रहेका बुढाथोकी भारतका विभिन्न स्थानमा लुक्दै आएका थिए । पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ६ : ४७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने