चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको धरपकड, १७ पक्राउ « Khabarhub

चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको धरपकड, १७ पक्राउ


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।

चिनियाँ हस्तक्षेपको विरोध गर्दै काठमाडौँको हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर अगाडि गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको संगठनले जनाएको हो ।

एक सदस्यका अनुसार १७ जनालाई प्रहरीले पक्राउ गरेकाे हो ।  प्रदर्शनमा उत्रिएका युवाहरुले चीन विरुद्ध चर्को नाराबाजी गरेपछि धरपकड गरेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘चिनियाँ दूतावास मुर्दाबाद’ भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध गरेको जनाएको छ।

चीन प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ०६ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित