चिनियाँ 'हस्तक्षेप' बढेको भन्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको धरपकड, १७ पक्राउ | Khabarhub Khabarhub

चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको धरपकड, १७ पक्राउ


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ ‘हस्तक्षेप’ बढेको भन्दै ‘स्वतन्त्र युवा’ नामक संगठनले बुधबार काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ ।

चिनियाँ हस्तक्षेपको विरोध गर्दै काठमाडौँको हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर अगाडि गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको संगठनले जनाएको हो ।

एक सदस्यका अनुसार १७ जनालाई प्रहरीले पक्राउ गरेकाे हो ।  प्रदर्शनमा उत्रिएका युवाहरुले चीन विरुद्ध चर्को नाराबाजी गरेपछि धरपकड गरेको थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘चिनियाँ दूतावास मुर्दाबाद’ भन्दै नारा लगाउँदै हात्तीसारस्थित चिनियाँ दूतावासको कन्सुलर भवनदेखि लाजिम्पाटस्थित राष्ट्रपति कार्यालयसम्म प्रदर्शन गरेका थिए ।

चिनियाँ उपमन्त्री गोउ यचौंको नेतृत्वमा आएको टोलीले आफूखुसी नेपालका नेताहरु भेट्दै सुझावका नाममा हस्तक्षेप गरेपछि स्वतन्त्र युवा नामक संगठनले विरोध गरेको जनाएको छ।

चीन प्रतिनिधिमण्डलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  माधवकुमार नेपाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ०६ बजे

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु