कुवेतमा गैरकानूनी बसेकालाई दिएको आममाफी एक महिना थप « Khabarhub

कुवेतमा गैरकानूनी बसेकालाई दिएको आममाफी एक महिना थप


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतले गैरकानूनी रूपमा बसोबास गरेका नेपालीसहित बिदेशी श्रमिकहरुलाई दिएको आममाफी एक महिना थपेको छ ।

कुवेतले गैरकानूनी बसोबास गरेका बिदेशी कामदारलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्न दिएको अवसर डिसेम्बर ३० तारिखमा सकिएसंगै थप एक महिनाको समय दिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कुवेतले दिएको एक महिनाको अवधिमा १ हजार जनाले आममाफीको फाइदा लिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ ।

देशमा बसोबास गर्न चाहने अवैध समयावधिले डिसेम्बर ३१ देखि  जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइनेछ । आफूलाई कानूनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  १ : ३० बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक