ललिता निवास जग्गा प्रकरणमा मुछिएकी ढकाललाई दुई लाख धरौटीमा छाड्न आदेश « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएकी ढकाललाई दुई लाख धरौटीमा छाड्न आदेश


१६ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेकी उमाकुमारी ढकाललाई रु दुई लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि आज उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग रु ९१ लाख २० हजार बिगो माग दाबी गरेको थियो ।

राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पु¥याएकाले उनलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो ।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा ढकालसँग अख्तियारले रु ३९ करोडभन्दा बढी बिगो माग दाबी गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहीबार  ९ : ३७ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको