एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयू दुःखी « Khabarhub

एयरबस र वोइङबीचको विवादबीच अमेरिकी कर वृद्धिको निर्णयप्रति ईयू दुःखी


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपेली संघले विमान निर्माता कम्पनीहरु एयरबस र बोइङ्गको विवादबीच फ्रान्सेली र जर्मन उत्पादनहरुमा बढी शुल्क लगाउने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

विश्वका दुई ठूला विमान कम्पनीबीच विवाद समाधानका लागि छलफल भइरहेका समय वासिङ्टनले यूरोपेली उत्पादनमा कर वृद्धि गर्ने निर्णय गरेको जसका कारण चलिरहेको वार्तामा बाधा पुगेको ईयूको प्रशासनिक केन्द्र ब्रसेल्सले जनाएको छ ।

यो वर्ष विश्व व्यापार संगठन (डब्लुटीओ)ले केही अमेरिकी उत्पादनमाथि थप कर लगाउन ईयूलाई स्वीकृति दिएको थियो । तर बदलामा अमेरिकाले ईयूका उत्पादनमाथि कर वृद्धिको घोषणा गरेको हो ।

यद्यपि ब्रसेल्सले समस्याको समाधानका लागि अमेरिकी नयाँ नेतृत्वले पहल लिनेमा विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक नेता जो बायडेनले सन् २०२१ को जनवरी २० मा पदभार सम्हाल्नेछन् ।

युरोपेली आयोगले भनेको छ, ‘अफसोस छ कि संयुक्त राज्य अमेरिकाले डब्ल्यूटीओ र एयरबसको विमानमा राहतको मुद्दामा छलफल चलिरहेका समय थप ईयु उत्पादनहरूमा करवृद्धि गर्ने निर्णयप्रति आयोग दुःख व्यक्त गर्दछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी प्रवृत्ति अन्तर्गत अमेरिकी पछिल्लो निर्णय आएको ठहर गर्दै आयोगले नयाँ नेतृत्वसँग जोडिने जनाएको हो ।

उड्डयन कम्पनीसँग गाँसिएको झगडा ट्रम्पको अगाडि छ, तर वाशिंगटनले सात अर्ब ५० करोड अमेरिकी डलर बराबरको युरोपेली समानमा करवृद्धिको घोषणा गरिसकेको छ ।

वाशिङ्टनले मदिरा (वाइन), चीज र जैतुन तेल जस्ता ईयूका विशेष उत्पादनहरूमा २२५ प्रतिशत थप शुल्क लगाएको छ । ईयूले डब्लुटीओको अनुमतिमा मार्चमा एयरबस विमानहरूमा १५ प्रतिशत कर वृद्धि गरेको थियो ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ६ : ४२ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष