साउदीमा थप ९१ नेपालीले पाए बहिर्गमन भिसा, उडान नहुँदा स्वदेश फर्किन समस्या « Khabarhub

साउदीमा थप ९१ नेपालीले पाए बहिर्गमन भिसा, उडान नहुँदा स्वदेश फर्किन समस्या


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी सरकारले थप ९१ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा) दिएको छ ।

यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ९७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि बहिर्गमन भिसा व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।

बहिर्गमन भिसा लागेकालाई स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेकोले सोको सूची साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासले जनाएको छ ।

हवाई उडान नहुँदा समस्या

साउदीले कोरोना संक्रमण बढ्ने सक्ने भन्दै हवाई उडानमा प्रतिबन्ध लगाएको करण स्वदेश फर्किन समस्या भएको छ ।

साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान खुला गर्ने निर्णय गरेको छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै साउदीले गएको मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको जनाएको छ ।

नेपाली यात्रुहरुलाई मध्यनजर गर्दै हिमालय एयरलाइन्सले साउदीको  रियाद र दमामबाट सातामा २ दिन (सोमबार र बिहीबार) काठमाडौँका लागि सीधा उडान गर्ने भएको छ ।

उडानमा पीसीआर परीक्षण अनिवार्य रहेको र रिपोर्ट ७२ घण्टासम्म मान्य हुने जनाएको छ ।

परीक्षणका लागि साउदी सरकारले तोकेको अस्पताल तथा मेडिकलहरुबाट २५० रियाल तिरेर परीक्षण गर्न सकिने छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : ३० बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको