साउदीमा थप ९१ नेपालीले पाए बहिर्गमन भिसा, उडान नहुँदा स्वदेश फर्किन समस्या | Khabarhub Khabarhub

साउदीमा थप ९१ नेपालीले पाए बहिर्गमन भिसा, उडान नहुँदा स्वदेश फर्किन समस्या


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी सरकारले थप ९१ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा) दिएको छ ।

यो प्रक्रियाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ९७ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

परिचयपत्र (अकामा) जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि बहिर्गमन भिसा व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।

बहिर्गमन भिसा लागेकालाई स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेकोले सोको सूची साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासले जनाएको छ ।

हवाई उडान नहुँदा समस्या

साउदीले कोरोना संक्रमण बढ्ने सक्ने भन्दै हवाई उडानमा प्रतिबन्ध लगाएको करण स्वदेश फर्किन समस्या भएको छ ।

साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान खुला गर्ने निर्णय गरेको छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएसँगै साउदीले गएको मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको जनाएको छ ।

नेपाली यात्रुहरुलाई मध्यनजर गर्दै हिमालय एयरलाइन्सले साउदीको  रियाद र दमामबाट सातामा २ दिन (सोमबार र बिहीबार) काठमाडौँका लागि सीधा उडान गर्ने भएको छ ।

उडानमा पीसीआर परीक्षण अनिवार्य रहेको र रिपोर्ट ७२ घण्टासम्म मान्य हुने जनाएको छ ।

परीक्षणका लागि साउदी सरकारले तोकेको अस्पताल तथा मेडिकलहरुबाट २५० रियाल तिरेर परीक्षण गर्न सकिने छ ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ११ : ३० बजे

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार

काठमाडौं– कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !

काठमाडौँ – धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले

इन्डोनेशियालाई नेपालले ३७० रनले हरायो 

काठमाडौं– एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित

खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं– तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान

काठमाडौं– शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत