गण्डकी प्रदेशमा मन्त्री चुमान र मगरलाई बर्खास्त गर्ने तयारी | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा मन्त्री चुमान र मगरलाई बर्खास्त गर्ने तयारी



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्याबिनेटका दुई मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

गुरुङले आफ्नो क्याबिनेटका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरलाई बर्खास्त गर्ने तयारी गरेका हुन् ।

चुमान र थापा नेकपा प्रचण्ड–नेपाल समूहमा छन् । दाहाल–नेपाल समूहमा लागेका उनीहरु केपी ओली समूहको खुलेर बिरोधमा लागेपछि आफ्नो समूहबाट बर्खास्त गर्न दबाब परेको हो ।

६० जना प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा स्वतन्त्रबाट निर्वाचित राजीव श्रेष्ठ (दीपक मनाङे्)सहित नेकपाका ४० सदस्य छन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि २७ जना प्रदेश सांसद नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूहमा देखिएका छन् ।

प्रदेश संसदको सभामुख नेत्रनाथ अधिकारीसहित १३ जना नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहमा रहेको सो समूहकी गण्डकी प्रदेश सहइन्चार्ज यशोदा सुवेदीले बताइन् ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री चुमान र कृषि मन्त्री मगरले ओलीको साथ छाडेका छन् ।

रामबहादुर थापा बादल समूहका चुमान प्रचण्ड–नेपाल समूहमा सक्रिय रुपमा लागेका छन् । उनी सो समूहको जिल्ला स्तरीय भेला प्रशिक्षणमा सहभागी हुँदै आएका छन् ।

आफ्नो समूहको साथ छोडे पनि उनीहरुलाई मिलाएरसँगै लैजाने मुख्यमन्त्री गुरुङले सोंचेपनि आफ्नो समूहको दबाबले गर्दा दुई जना मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

त्यसअघि पुस २१ गते प्रदेशको विशेष अधिवेशन बोलाउने प्रदेश सरकारको योजना छ । विशेष अधिवेशनको अवस्था आंकलन गरेर उनीहरुलाई बर्खास्त गर्न लागिएको संसद सचिवालय स्रोतले बतायो ।

‘अहिले गण्डकी प्रदेशमा त्रिकोणात्मक अवस्था रहेकाले जसको बल पुग्छ, उसले जुनसुकै निर्णय लिन सक्छ,’ नेकपा गण्डकी प्रदेशकी सहइन्चार्ज सुबेदीले भनिन्, ‘हामीले केही गर्न सक्ने अवस्था छैन ।’

दुबै समूहले पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा शक्ति प्रदर्शन तथा ११ वटै जिल्लामा भेला प्रशिक्षण गर्दै आएको छ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको १५ सदस्य छन् भने राष्ट्रिय जनमोर्चाको ३ र जनता समाजवादी पार्टीका २ सदस्य छन् ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  २ : ४९ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका