हत्या गरी शव गाडिएका अवस्थामा फेला | Khabarhub Khabarhub

हत्या गरी शव गाडिएका अवस्थामा फेला


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको छ ।

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए । मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।”

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  ३ : ४२ बजे

कोशी पीडितका असारे गीत – सम्झने पानी छम्कने…

काठमाडौँ –रोप न रोप रोपारै रानी म पँज्याइदिउँला बिउहलीलाई दिउँला

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार

काठमाडौं– कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !

काठमाडौँ – धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले

इन्डोनेशियालाई नेपालले ३७० रनले हरायो 

काठमाडौं– एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित

खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं– तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै