‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु प्रभावित, चार जनाको मृत्यु « Khabarhub

‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु प्रभावित, चार जनाको मृत्यु


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु धेरै प्रभावित भएका छन् ।

बङ्गालको खाडीबाट आएको शक्तिशाली यास चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएको भारतीय सञ्चार माध्यमरूले जनाएका छन्

भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा चक्रवातले निकै प्रभाव पारेको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि चक्रवातले प्रभाव पर्ने आकलन गरिएको छ ।

 

चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ स्थान्तरण गरिए पनि जनधनको क्षति रोकिएन ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुई जनाको मृत्यु भएको तथा ३ लाख घरमा क्षति पुगेको बताएकी छन् । दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको उनले जनाएकी छन् ।

ओडिशा राज्यमा रूख ढल्दा दुई जनाको ज्यान गएको जनाइएको छ । कोभिड-१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन् ।

बाङ्ग्लादेशमा १५ हजार मानिस अस्थायी आश्रयस्थल गएका छन् । त्यहाँ एकजना रूखले किचेर मृत्यु भएको एएफपीले जनाएको छ ।

चक्रवातपछि ओडिशाको भुवनेश्वर र पश्चिम बङ्गालको कोलकता विमानस्थलहरूले सबै उडान बन्द गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : १० बजे

इन्द्रसरोबरमा सवारी दुर्घटना : एक जनाको मृत्यु, १८ घाइते

मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र

रास्वपा अधिवेशन : काठमाडाैं जिल्ला सभापतिको मतगणना जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्लाको नयाँ नेतृत्वका

इयू टी–२० लिग : जेबी ब्रुग्स २७ रनले पराजित

काठमाडौं – बेल्जियममा पहिलो पटक आयोजना भइरहेको इयू टी–२० लिगमा

सात वर्षपछि भारत साफ महिला च्याम्पियन, फाइनलमा बंगलादेश ३–१ ले पराजित

काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि

चित्रकलामा मध्यपुरका सम्पदा

काठमाडौं – मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि आजदेखि यहाँ