‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु प्रभावित, चार जनाको मृत्यु « Khabarhub

‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु प्रभावित, चार जनाको मृत्यु


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘यास’ चक्रवातले भारतका पूर्वी राज्यहरु धेरै प्रभावित भएका छन् ।

बङ्गालको खाडीबाट आएको शक्तिशाली यास चक्रवातले कम्तीमा चार जनाको ज्यान गएको र कैयौँ घरबारविहीन भएको भारतीय सञ्चार माध्यमरूले जनाएका छन्

भारतको पश्चिम बङ्गाल र ओडिशा राज्य तथा दक्षिणी बाङ्ग्लादेशमा चक्रवातले निकै प्रभाव पारेको छ । भारतका आन्ध्र प्रदेश, झारखण्ड तथा तमिलनाडु राज्यका तटीय क्षेत्रहरूमा पनि चक्रवातले प्रभाव पर्ने आकलन गरिएको छ ।

 

चक्रवात जमिनमा बज्रिनु अगावै तटीय क्षेत्रका दश लाखभन्दा धेरै मानिसलाई सुरक्षित क्षेत्रतर्फ स्थान्तरण गरिए पनि जनधनको क्षति रोकिएन ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुई जनाको मृत्यु भएको तथा ३ लाख घरमा क्षति पुगेको बताएकी छन् । दिगा नगरमा चार मिटर अग्ला छालहरूका कारण डुबान भएको उनले जनाएकी छन् ।

ओडिशा राज्यमा रूख ढल्दा दुई जनाको ज्यान गएको जनाइएको छ । कोभिड-१९ को सुरक्षा मापदण्डबमोजिम करिब १२ सय आश्रयस्थल बनाइएका छन् ।

बाङ्ग्लादेशमा १५ हजार मानिस अस्थायी आश्रयस्थल गएका छन् । त्यहाँ एकजना रूखले किचेर मृत्यु भएको एएफपीले जनाएको छ ।

चक्रवातपछि ओडिशाको भुवनेश्वर र पश्चिम बङ्गालको कोलकता विमानस्थलहरूले सबै उडान बन्द गरेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : १० बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग