नातामा फुपू पर्ने महिलाले गरिन पाँच वर्षीय बालकको हत्या « Khabarhub

नातामा फुपू पर्ने महिलाले गरिन पाँच वर्षीय बालकको हत्या


१७ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

धनुषा विदेह नगरपालिका–२ दुहबी बस्ने २६ वर्षीया प्रमिलादेवी अमातलाई सोही ठाउँ बस्ने जीवनराय अमातको पाँच वर्षीय छोरा अभिनन्दनराय अमातको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

हत्या आरोपमा पक्राउ पर्ने महिला मृतक बालकको नातामा आफ्नै फुपू पर्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको थियो ।

बालक हराएपछि प्रहरीले खोजतलास गर्दै जाँदा मृतक बालककै बाजे नाता पर्ने ब्रम्हदेवराय अमातको भैँसी बाँध्ने गोठघरमा खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाए ।

तत्कालै धनुषाको प्रहरी उपरीक्षक मिश्रको कमाण्डमा अनुसन्धान टोली गई घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।

प्रहरी उपरीक्षक मिश्रका अनुसार घटना सम्बन्धमा बुझ्दै जाँदा ब्रम्हदेवराय अमातको जेठी छोरी प्रमिलादेवी अमातले रूपैयाँ लेनदेनको विवादले उत्पन्न रिसइबीका कारण बालकको हत्या गरेको खुलेको छ ।

मृतक बालकलाई प्रमिलादेवीले घरमा बोलाएर चाउचाउ खान दिएको र बालकले चाउचाउ खाइसकेपछि बालकलाई बुबा ब्रम्हदेव सुत्ने गरेको खाटमा सुत्न लगाएर सुतेपछि घाँटीे थिची हत्या गरेको र राति अँध्यारो भएको अवस्थामा घटनास्थलबाट मृत बालकलाई सेतो सलमा बेरेर भैँसी बाध्ने गोठघरमा खाल्डो खनी गाडेर माथिबाट खरानीले छोपेको भनी प्रमिलादेवीले प्रहरीसमक्ष  बयान दिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।

प्रकाशित मिति : १७ पुस २०७७, शुक्रबार  १० : ४० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी