पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा « Khabarhub

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते गरिने भएको छ ।

करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न तथा सहुलियत गराउनसमेत सरकारसँग माग गरेको जनाइएको छ ।

शाखाले कोभिड–१९ का समयमा कुनै पनि सञ्चारकर्मीलाई निष्कासन नगर्न, उनीहरुलाई समयमै तलब उपलब्ध गराउन सञ्चारगृहलाई आग्रह गरेको छ । शाखाका पूर्वअध्यक्ष स्व अशोक श्रेष्ठलगायत वरिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएका १० वटा पुरस्कार अधिवेशनमा वरिष्ठ पत्रकारलाई दिने निर्णय गरिएको छ ।

सञ्चार क्षेत्रको विकास तथा सञ्चारकर्मीको श्रीवृद्धिका लागि विभिन्न तालीमको व्यवस्था गर्दै आएको उक्त शाखाले बन्दाबन्दीका समयमा पत्रकारलाई सहयोग गरेको थियो । विपत्का समयमा पत्रकारलाई आर्थिक साहयता गर्ने उद्देश्यले स्थापना गरिएको अक्षय कोषमा हाल रु दुई लाख सङ्कलन भएको र केही बिरामी सञ्चारकर्मीलाई त्यसबाट सहयोग गरिएको अध्यक्ष विडारीले जानकारी दिए ।

यही पुस १७ गते दिवङ्गत भएका वरिष्ठ पत्रकार चक्रपाणि नेपालको स्मृतिमा चाँडै पुरस्कार स्थापना गरिने उपाध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १ : ३९ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का