पर्यटक आगमन नहुँदा घरबास सुनसान « Khabarhub

पर्यटक आगमन नहुँदा घरबास सुनसान


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– कोभिड–१९ को असरले तामाङ सम्पदा मार्गमा सञ्चालित नेपालको दोस्रो बृद्विम घरबास सुनसान भएको छ ।

पर्यटन पेशाबाट आयवृद्वि गराई ग्रामीण गरिबी निवारण गर्ने उद्देश्यका साथ विसं २०५८ देखि बृद्विम क्षेत्रका २७ घरमा सञ्चालन गरिएको घरबास पछिल्लो समय पाउनाकोे आगमन कमी आएपछि सुनसान बन्दै गएको हो ।

बास बस्न आएका पाहुनालाई प्रदान गरिएको सेवाबाट प्राप्त आयले जीविकोपार्जनमा केही सरलता आइरहेको अवस्थामा कोभिड–१९को समस्या उत्पन्न भएसँगै बृद्विम घरबास प्रभावित भएको सञ्चालक बताउँछन् ।

बृद्विम क्षेत्रमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान एवं तातोकपडा वितरण र एकीकृत शिविरको माध्यमबाट गोसाइँकुण्ड गाउँपालिकाले घरबास क्षेत्रका सबै नागरिकलाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण समेत सम्पन्न भएको छ । यसपछि आगामी दिनमा पाहुँना आउने आशा पलाएको व्यवसायी बताउँछन् ।

स्वास्थ्यमा दीर्घरोगबाहेक नयाँ नौलो रोगको लक्षण नभेटिएको स्वास्थ्य शिविरका अगुवा डा दिपेन लामाले जानकारी दिए ।

घरबास व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा कोरोनाको समस्या नदेखिको हुँदा पाहुँनालाई प्रदान गरिँदै आएका सेवा दिन यहाँका व्यवसायी तयार रहेको जानकारी दिए । उनले बृद्विम क्षेत्रको भ्रमण गरिदिन आग्रह समेत गए ।

गोसाइँकुण्ड –३ मा पर्ने बृद्विम गाउँ जान स्याफ्रुबेँसीबाट करिब तीन घण्टाको पैदल दूरीको उकाली पार गर्दासाथ पुग्न सकिन्छ । पछिल्लो समय मोटरबाटो ट्र्याकसमेत खुलिसकेको छ ।

घरबासमा आएका पाहुँनालाई स्थानीयस्तरमा उत्पादित मकै, कोदो, जौ, आलु , सागसब्जी, जस्ता अर्गानिक कृषि उपजबाट तयार गरिएका खानाको परिकार भोजन गराउँदै आइएको छ ।

घरबासमा बास बस्न जानेलाई गाउँको सिरानमा अवस्थित बौद्यगुम्बाको प्राङ्गढमा भेला गराई स्थानीय वेषभूषाबाट सुशोचित समूहले पहिलो स्वागत गर्ने र ती पाहुँना कुनकुन घरमा राख्ने समितिले तोकेपछि पाउनालाई बासस्थानमा लाने चलन रहेको छ ।

बृद्विम क्षेत्रमा धानखेती नहुने भएकाले भातका लागि चाहिने चामल भने अनेत्रबाट ल्याउनुपर्ने बताइन्छ ।

बृद्विम घरबासमा जाने पाहुँनालाई स्थानीय भेषभूषा, तामाङ सेलोको नाचगान र स्थानीय खानाले स्वागत गर्ने गरिएको छ । यसैगरी यहाँका उकाली ओराली, भञ्ज्याङ चौतारी, वन वनस्पति, झर्ना र पहाडजस्ता विविध सम्पदाले पाहुँनालाई आकर्षित बनाउने गर्दछ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : ५० बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका