स्वस्थ रहन उमेर अनुसार यस्तो व्यायाम गर्नुस् « Khabarhub

स्वस्थ रहन उमेर अनुसार यस्तो व्यायाम गर्नुस्


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शारीरिक रुपले सक्रिय रहँदा हाम्रो शरीर स्वस्थ र आकर्षक देखिन्छ । शरीरको अनावश्यक बोसो घटाउन, मोटोपना नियन्त्रण गर्न तथा मुटु, रक्तनली सम्बन्धी रोग, मधुमेह र क्यान्सर जस्ता रोगहरुबाट बच्न चाहनुहुन्छ भने तपाईले आफ्नो शरीरलाई सक्रिय बनाउनुपर्छ ।

शारीरिक रुपमा सक्रिय रहनका लागि व्यायाम अनिवार्य छ । नियमित रुपमा शारीरिक व्यायाम गर्ने बानीले मांसपेशी र हड्डीहरु बलियो हुन्छ । व्यायाम गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ रहन्छ भने वौद्धिक क्षमता पनि वृद्धि हुन्छ । शारीरिक व्यायाम कति र कसरी गर्ने भन्ने विषय मानिसको उमेर अनुसार फरक– फरक हुन्छ ।

कुन उमेरका व्यक्तिले कति समय व्यायाम गर्ने ?

– १५ देखि १७ वर्ष उमेर समूहका व्यक्तिले ६ दिनको एक पटक मध्यम तथा कडा खालको व्यायाम गर्नुपर्छ ।

– १८ देखि ६४ वर्ष सम्मका व्यक्तिले दिनको एक पटक ३० मिनेट मध्यम र १५ मिनेट कडा खालको व्यायाम गर्नुपर्छ । दैनिक रुपमा व्यायाम गर्न सक्ने अवस्था नभएका कम्तिमा एक सातामा ५ दिन व्यायाम गर्दा शरीर स्वास्थ्य र फिट रहन्छ ।

– ६५ वर्षमाथिका व्यक्तिहरुका लागि पनि स्वस्थ रहनाका लागि व्यायाम निकै महत्वपूर्ण छ । ६५ वर्षभन्दा माथिका व्यक्तिहरुले व्यायाम गर्दा आफ्नो शारीरिक अवस्थाको आधारमा चिकित्सकसँग सल्लाह लिएर गर्नुपर्छ । शारीरिक व्यायाम गर्न नसक्ने वृद्धवृद्धाले सम्भव भएसम्म सक्रिय रहने प्रयास गर्नुपर्छ ।

– १७ वर्ष भन्दा बढी उमेर भएकाले साताको दुई वा दुईभन्दा बढी दिनहरुमा मांसपेशी बलियो बनाउने क्रियाकलाप गर्नुपर्छ । शरीरलाई स्वस्थ र फिट राख्न शारीरिक व्यायामसँगै योगा पनि महत्पूर्ण हुन्छ ।

कस्तो व्यायाम गर्ने ?

सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त शारीरिक व्यायाम दौडिने, जिउ तन्काउने, योग र श्वासप्रश्वासलाई धेरै बढाउने हो ।

–मध्यम खालको व्यायाम

मध्यम खालको शारीरिक व्यायाम भनेको श्वासप्रश्वासलाई हल्का बढाउने क्रियाकलाप हो । सामान्य खालका व्यायाम भनेको छिटोछिटो हिँड्नु, घरायसी कामकाज तथा बगैँचामा गरिने काम हुन् ।

–कडा खालको व्यायाम

कडा खालको शारीरिक व्यायाम भनेको श्वासप्रश्वासलाई धेरै बढाउने, थोरै बाल्दा पनि स्वाँस्वाँ हुने गरी दौडिने, उफ्रिने, पौडी खेल्ने, नाच्ने साइकल चलाउने कार्य हो ।

–मांसपेशी बलियो पार्ने व्यायाम

मांसपेशी बलियो पार्ने व्यायामहरु भनेका मांसपेशी समूहहरुलाई सक्रिय गर्ने व्यायाम हो । छाती, पेट, तिघ्रा, पिँडुला तथा ढाडको व्यायाम गर्न खुट्टा उठाउने, उठबस गर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : २४ बजे

निर्वाचन अस्वीकार गर्दै पूर्वराजाले भने : पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

एजेन्सी– मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार

भरूवा बन्दुकसहित दुई जना पक्राउ

दमौली– तनहुँको देवघाट गाउँपालिका-४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना

यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)

काठमाडौं- मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसले प्रतिज्ञा सभा गरेको

थाइल्याण्डमा लगातार तेश्रो हारपछि स्वदेश फर्कियो महिला क्रिकेट टोली

काठमाडौं– थाइल्याण्डमा जारी महिला एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा