सन्दीपले लिए म्याक्सवेलको विकेट « Khabarhub

सन्दीपले लिए म्याक्सवेलको विकेट


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल)को आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् ।

होबर्ट हुरिक्यान्सका लागि उनले सोमबार आफ्नो पुरानो टीम मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्नविरूद्ध उनले ४ ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट हात पारेका हुन् । सन्दीपले आफ्ना पूर्वसहकर्मी म्याक्सवेललाई एलबीडब्ल्यु आउट गरेका हुन् ।

सन्दीपले सुरुका तीन ओभरमा किफायती बलिङ गरे पनि आफ्नो अन्तिम ओभरमा भने १८ रन खर्चेका थिए ।

यसअघि पहिलो खेलमा सन्दीपले २ विकेट हात पारेका थिए । योसँगै उनले यो संस्करणको बीबीएलमा ३ विकेट हात पारेका छन् ।

जारी खेलमा मेलबर्नले १९ ओभर खेलिसक्दा ६ विकेट गुमाएर १६५ रन बनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : ५८ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.