दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा

सरकारविरूद्धको आन्दोलनलाई सशक्त बनाउनेबारे छलफल


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले सरकारको असंवैधानिक कदमविरूद्ध घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने भएको छ ।

काठमाडौँमा प्रदर्शनसहित विरोध प्रदर्शनसहित कार्यक्रमण गरेको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ ।

घोषित कार्यक्रमलाई प्रभावकारी र सशक्त बनाउन स्थायी कमिटीमा छलफल भइरहेको नेताहरुले बताएका छन् । पेरिसडाँडामा अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा जारी बैठक आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको नेता बेदुराम भुसालले जानकारी दिए । बैठकमा पार्टी एकीकरणका बाँकी कामलाई टुंग्याउने विषयमा पनि छलफल भइरहेको उनले बताए ।

आजको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित छैनन् । उनी पत्नी सीताको उपचारका लागि बिहान भारत प्रस्थान गरेका छन् ।

यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक कार्यदल गठन गरेको थियो। पार्टी एकीकरणका बाँकी काम र जिम्मेवारीलगायतका काम गर्ने अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन समेत घोषणा गरिसकेको छ।

घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धी प्रशिक्षण दिइनेछ।

प्रचण्ड–नेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम गरिसक्ने जनाएको छ। समूहले माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आज शुरु गर्न लागेको हो।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १ : १३ बजे

भारत र पाकिस्तान युद्धविराम गर्न तयार भएको पाकिस्तानी विदेशमन्त्रीद्वारा पुष्टि

काठमाडौं– भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको पाकिस्तानका विदेशमन्त्री

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर

‘धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण’

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम

ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान