नजिक हुनेजति सबैलाई 'ठुँगेर' ओली अल्पमतमा परे : नेता भुसाल | Khabarhub Khabarhub

नजिक हुनेजति सबैलाई ‘ठुँगेर’ ओली अल्पमतमा परे : नेता भुसाल



नवलपुर– नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय समितिसम्मकालाई आफैले ठुँगेर ओली अल्पमतमा परेको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको देवचुली १० दलदललेमा सोमवार प्रचण्ड– नेपाल समूहका अगुवा कार्यकर्ताको भेलामा बोल्दै नेता भुसालले ओलीको नजिकमा भएजति सबैलाई ठुँगेर नै उनी एक्लो भएको बताए ।

‘ओलीबिरुद्ध कसैले प्रश्न गरेपछि उसैलाई ठुँग्ने’, भुसालले भने, –‘सबैलाई ठुँगी ठुँगी उहाँ एक्लो हुनुभयो र सचिवालयमा एक्लो हुनुभयो । उहाँले ठुँगेर नै सचिवलायदखि केन्द्रीय समितिमा कमिटीमा उहाँ अल्पमतमा पर्नुभयो ।’

प्रधानमन्त्री ओली पार्टी विधि विधानविपरित भएर चल्न थालेकै कारण अहिलेको विवाद आएको भुसालले दाबी गरे ।

ओलीलाई बैठकमा आइदिनुस् हजुर भनेर निवेदन हाल्नुपर्ने अवस्था आएको भुसालले बताए ।

‘गएको भदौसम्म ८० दिन बैठक चल्यो होला, त्यसमा ४० दिन उहाँ (ओली)ले आउन्न भन्नुभयो, अरु कमरेडहरुले हस् भन्नुभयो’, भुसालले भने,‘हजुर बैठकमा आइदिनुस् न भनेर निवेदन हाल्नुपर्ने, उहाँलाई बैठकमा ल्याउन पनि महाभारत ।’

उनले कार्यकर्तालाई गुनासो सुनाउँदै कार्यकर्ता ताली बजाएका थिए ।

प्रचण्डको १९ पेजका प्रतिबेदनको विरुद्धमा ३८ पेजको डकुमेन्ट ल्याउने ओली आफैले फेरि १९ पेजको डकुमेन्ट फिर्ता नगरेसम्म बैठक बस्दिन अड्डी लिने कस्तो राजनीति हो, उनले कार्यकतासँग गुनासो गरे ।

नेता भुसालले अन्तिम समयसम्म पनि सुवास नेम्वाङ र प्रदीप ज्ञवालीले समेत संसद विघटन गर्ने पक्षमा नभएको भुसालले दाबी गरे । मन्त्रिपरिषदमा आफूले विरोध गरेको उनले स्मरण गरे ।

गएको बैशाखमा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भएपछि पार्टी फुटाउन मिल्ने गरी ओलीले अध्यादेश ल्याएपछि विबाद बाहिर आएको भुसालले स्पष्ट गरे ।

‘त्यतिखेरसम्म संसदीय दलमा आफ्नो ४० प्रतिशत छ भन्ने ओलीलाई लागेका थियो,’ भुसालले भने ।

प्रचण्ड– नेपाल समूहका नेता भुसालले ओलीको बाटोमा जाने हो भने देश सत्यानाश हुने बताए । उनले विगतमा भएको बन्द हड्तालको पनि कार्यकर्तालाई स्मरण गराएका थिए ।

आन्द्रा भुँडी निकालेको बाख्राजस्तो बनाएर राम्रो सिँगारेको जनताको बहुदलीय जनवादलाई पछाडि लगेर कहिँ पनि पुग्न नसकिने भुसालको भनाइ थियो ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ५ : २९ बजे

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त

विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौं – विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत