‘दाहाल–नेपाल’ समूहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो (भिडियोसहित) « Khabarhub

‘दाहाल–नेपाल’ समूहले प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटायो (भिडियोसहित)


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

नेकपा ‘दाहाल–नेपाल’ समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकेको छ।

यसैगरी बै ठकले संसद् विघटन विरुद्धको केन्द्रीय संघर्ष समितिको सह-संयोजकमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ ।

हेरौँ भिडियो

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको थियो ।

पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपालको संयोजकत्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, शक्ति बस्नेत, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे सदस्य छन् ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ६ : ०७ बजे

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।