अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई « Khabarhub

अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको हो : पूर्वमन्त्री भट्टराई


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री योगेशकुमार भट्टराईले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिको रहेको बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह भरतपुर महानगर कमिटीले आयोजना गरेको अगुवा पार्टी काार्यकर्ता भेलामा उनले भने, “प्रधानमन्त्रीले चालेको कदमले संविधान निर्माण गर्दाको मिहिनेत र पसिना खेर गएको जस्तो छ ।”

नेता भट्टराईले प्रधानमन्त्रीले कम्युनिस्ट आन्दोलनका साथीहरु छाडेर बाटो बिराएको आरोप लगाउँदै पार्टी एकतामा पुनः फर्कन उनलाई आग्रह गरे ।

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसद् विघटन कानून विपरीत भएको बताउँदै यसलाई कानूनले नै सच्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष यमबहादुर परियार र महानगर कमिटीका सहसंयोजक ईश्वर सापकोटालगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ८ : ५३ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक