राजनीतिमा सक्रिय हुँदै मनीषा, मंगलबार हुँदैछ विशेष कार्यक्रम ! | Khabarhub Khabarhub

राजनीतिमा सक्रिय हुँदै मनीषा, मंगलबार हुँदैछ विशेष कार्यक्रम !


२० पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।

राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ ।

उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, रमेश खरेल तथा भरत बस्नेत लगायतले हस्ताक्षर गरेका छन् ।

मनीषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छिन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।

अभिनेत्री कोइरालाको एउटा समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी पनि गरिरहेको बुझिएको छ।

कोइराला निकट स्रोतका अनुसार उनी पछिल्लो केही दिनयता विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक, पत्रकारसँग ‘परामर्श’मा छिन ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  १० : १५ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय