शुक्रबारको एक साँझ शिकागोमा बस्ने ४६ वर्षीया डाक्टर सैन्ड्रा मैकगोवन–वाल्टर्सले आफ्नो ल्यापटप खोलिन् र नसा दबाउँदै जुममा रहेका अपरिचित व्यक्तिसँग कुरा गर्दै आफ्ना श्रीमान् स्टीवनलाई के भएको थियो भन्ने बताउन थालिन् ।
‘उसको निधन आफैँ भएको थियो’, डाक्टर मैकगोवनले भनिन् । उनले (उनी अश्वेत महिला हुन्) अश्वेत विधवा महिलाहरूको सहायताका लागि फेसबुकले गरेको निमन्त्रणमा सामूहिक सम्बोधन गर्दै उक्त कुरा भनेकी थिइन्, ‘उसलाई मैले देख्न पाइनँ, न त छुन नै पाएँ, यी सबै कुराले दुःखलाई अझै कष्टकर बनाउँदो रहेछ ।’
उनलाई सुन्दै गरेका महिलाहरूले उनको दुःख बुझिहाले । उनीहरू सबै कोभिड–१९ का कारणले विधवा भएका महिला जो थिए ।
अमेरिकामा मात्रै कोरोना भाइरसका कारण तीन लाख चालिस हजारभन्दा बढी मान्छेको मृत्यु भएको छ । जसमा महिलाभन्दा पुरुष बढी छन् । मृत्यमा लैङ्गिक कारणका लागि केही अनुसन्धानकर्ताहरूले पुरुषको स्वास्थ्य तुलनात्मक रूपमा कमजोर हुनाले यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण धेरै महिला अकस्मात विधवा भए ।
त्यो वर्षायाम साँझको दुई घण्टा, उनीहरूका कथा बाहिर आउन थाले, अस्वस्थता र मृत्यका कथा । अझ भन्नुपर्दा त्यो कथा एकल अभिभावक, इच्छा बेगरको एकान्त, डरलाग्दो फोनको घण्टी र मनलाई नै छिन्नभिन्न पार्ने बिदाइमा हल्लिने हातहरूको कथा थियो ।
अमेरिकामा मात्रै कोरोना भाइरसका कारण तीन लाख चालिस हजारभन्दा बढी मान्छेको मृत्यु भएको छ । जसमा महिलाभन्दा पुरुष बढी छन् । मृत्यमा लैङ्गिक कारणका लागि केही अनुसन्धानकर्ताहरूले पुरुषको स्वास्थ्य तुलनात्मक रूपमा कमजोर हुनाले यस्तो भएको हुनसक्ने अनुमान गरेका छन् । जसका कारण धेरै महिला अकस्मात विधवा भए ।
महिलाहरूले असाध्यै नजिकबाट यो महामारी देख्न पाए । आफ्नो श्रीमान् गुमाउनु परेको पीडा त छँदै छ । त्यसका अलावा उनीहरूका सामु परिवारको जिम्मेवारीसँगै आर्थिक बोझ आएको छ, आफ्ना बच्चाहरू र आफूलाई परेको आघातले चिन्तित बनाएको छ ।
उनीहरूमध्ये धेरैले आफ्ना जीवनसाथीको स्वास्थ्यमा खराबी आएपछि घरमै स्यासुसार गरेका थिए । यो क्रम उनीहरू अस्पताल भर्ना हुनुअघिसम्म चलिरह्यो । अफसोस ! कुनै चेतावनीविना उनीहरू अस्पतालबाटै सदाका लागि बिदा भए ।
के युवा, के वृद्ध, के क्लानिर्फोनिया जस्तो ठूलो शहर, के युटा जस्तो सानो शहर ! कोरोनाका कारण विधवा भएका र अन्य कारण विधवा भएका महिलाहरू देशैभरि छरिएर रहेका छन् ।
केही महिला त अनुत्तरित भएका छन् । स्वास्थ्य संकटबीच आफ्नो जीवनसाथीको मृत्यु व्यवस्थापन गर्न उनीहरूलाई समस्या भएको छ ।
श्रीमानको निधन भएको महिनौँपछि एक दर्जनभन्दा धेरै अन्तर्वार्ताका क्रममा महिलाहरूले उनीहरुले पतिको निधन भएको खबरले उनीहरूलाई कतिसम्म स्तब्ध बनायो भनेर आफ्नो अनुभव सुनाए ।
‘अप्रात्याशित भएका कारण पनि सहन अप्ठेरो हुँदो रहेछ,’ भन्छिन् जेनिफर ल । उनले पनि आफ्नो पति म्यथ्युलाई कोरोनाका कारण गुमाइन् । अमेरिकी सेनामा रहेका उनका श्रीमानको इराकबाट फर्किएको एक वर्षपछि नोभेम्बरमा टेक्सासमा मृत्यु भएको थियो । उनले भनिन्, ‘इराकमा रहँदा ऊ दुईवटा खतरनाक हमलाबाट जोगिएको थियो । घर आएपछि कोरोनाले मारिदियो ।’
केही महिला त अनुत्तरित भएका छन् । स्वास्थ्य संकटबीच आफ्नो जीवनसाथीको मृत्यु व्यवस्थापन गर्न उनीहरूलाई समस्या भएको छ ।
‘मलाई मेरो श्रीमानको मृत्यु सहन निकै मुश्किल भयो, यो किन पनि भने मलाई अब म एकदमै एक्लो छु भन्ने लाग्यो’, भन्छिन् पामेला एडिसन । उनी पेशाले शिक्षिका हुन् र उमेरले ३७ वर्ष पुगिन् ।
उनका श्रीमान मार्टिन जो प्याथोलोजिस्टका रूपमा अस्पतालमा काम गर्थे, उनको गत अप्रिलमा कोरोनाका कारण मृत्यु भयो । ‘कोरोना हुँदैन थियो भने हामी सबैका श्रीमान् हामीसँगै यही हुने थिए ।’
यो दुःखबाट बाहिर निस्किन एडिसनले आफूजस्तै विधवा महिलाहरूसँग कुरा गर्ने निधो गरिन् । उनीजस्तै अन्य महिलाले फेसबुकको वियोगान्त समूहमार्फत आफू जस्तै महिलाहरू भेटाउन थाले जुन समूह पुरुषका लागि पनि खुला छ ।
उनीहरूले आफूहरूले जस्तै अल्पायुमा अकस्मात श्रीमान घुमाउन पुगेका महिलाहरूको अन्य समूह जस्तै सैनिकका विधवा श्रीमती अथवा सेप्टेम्बर ११ हमलामा विधवा भएका महिलाहरूको समूहसँग आफ्नो समूहलाई जोड्ने काम गरेका छन् ।
यस्तै जुलाईमा भएको एउटा जुम कलमा सिकागो बस्ने एक विधवाले आफूजस्तै महिला साथी भेटेकी छन् ,जोसँग उनी डिनरका लागि बाहिर जान्छिन् र फोन म्यासेजमार्फत कुराकानी गर्छिन् ।
कोरोनाका कारण विधवा भएका महिलाहरूले आफ्नो पीडाको साझापन खोज्ने प्रयास गरे । यसमा उनीहरूका अनुभवहरू (आफ्नो श्रीमान बिरामी हुँदा व्यग्रतापूर्वक गरेको स्याहार, उसलाई कहिले अस्पताल लैजाने होला भनेर गरेको चिन्ता र कुनै प्रियजन विना नै आफ्नो जीवनसाथीको अन्त्यको दृश्य) साटियून् ।
‘हामी आफ्नो श्रीमानको निकै हेरचाहार गर्ने पिँढी हौँ । हाम्रो हुर्काइ नै त्यही किसिमको थियो’, मेरी स्मिथ भन्छिन्, ‘त्यही नै हाम्रो काम थियो, उनीहरूको प्रशंसक हुनु । उनीहरू पनि त्यसैमा अभ्यस्त थिए, अब अकस्मात उनी छैनन् ।’ मेरीले आफ्नो ६४ वर्षीय श्रीमान् माइकलाई कोरोनका कारण गुमाइन् ।
जब श्रीमानको मृत्यु भयो, उनले श्रीमानको मोबाइल फोन हेर्न थालिन्, जहाँ उनले अस्पतालको बेडमा ऊ एक्लै भएको फोटो देखिन् । उसको खाना कागजको बट्टाभित्र थियो । उसको अक्सिजन मेशिन थियो । ‘ऊ एकदम हृष्टपुष्ट देखिन्थ्यो’, मेरी भन्छिन्, ‘मैले नै उसलाई त्यो बेडमा राखेर आएकी थिएँ ।’
विधवाका लागि विश्व आर्थिक कोष, गैरनाफामूलक संस्था जसको प्रधान कार्यालय न्यूर्योकमा छ, उसले मेमा प्रकशित गरेको एक रिपोर्टले ‘कोरोना भाइरस विधवा बनाउने मेशिन’ भएको भनेको छ । रिपोर्टमा कोरोना महामारीलाई विश्वभर नै ‘विकासशील देशमा धेरै विधवा उत्पादन गर्नसक्ने मेशिन’ भनिएको छ ।
सानो उमेरमै विधवा भएकालाई कोरोनाले एकल अभिभावका रूपमा सन्तान हुर्काउने अत्यन्तै गाह्रो काम सुम्पिएर गएको छ । शायद यो महामारीकै ठूलो परीक्षा हो उनीहरूका लागि ।
अमेरिकामा कोरोनाका कारण डिसेम्बर अन्तिमसम्ममा एक लाख ६३ हजार पुरुषको र एक लाख ३८ हजार महिलाको मृत्यु भएको त्यहाँको संघीय तथ्यांककले जनाएको छ ।
हर्वाड विश्वविद्यालयका इतिहासकार जो जन्डर साइन्स ल्याव पनि सञ्चालन गर्छन सारा एस. रिचर्डसन भन्छन्, महिलाको तुलनामा कोरोना भाइरसका कारण पुरुषको बढी निधन भएको छ ।
कालाजातिका पुरुषमा यो महामारीको प्रभाव असङ्गत हिसाबमा पर्दा पनि यस्तो भएको उनको भनाइ छ । उनका अनुसार कोरोनाअघि पनि पुरुषको तुलनामा महिलाहरू नै बढी विधवा भएको पाइन्छ ।
अश्वेत महिलाहरूको फेसबुक समूहमा यस वर्ष विधवा महिलाहरूको संख्या अत्यासलाग्दो रूपमा बढेको छ ।
साब्रा रोविनसन, जसले यो समूह गठन गरिन्, उनी आफैँ सन् २०१२ मा विधवा भएकी थिइन् । त्यसपछि उनले आफूजस्तै अश्वेत महिलाहरूको उत्थानका निम्ति फेसबुकमा यस्तो समूह गठन गरेकी हुन् ।
‘जब कोरोना सुरु भयो, हे भगवान् ! यो समूहमा जोडिन अत्यन्तै धेरै विधवाहरुको प्रस्ताव आउन थाल्यो’, भन्छिन् साब्रा । उनीहरूको दुःख अन्य विधवाको भन्दा फरक थियो । उनीहरूले यो दनियाँमा कोरोना रहिन्जेलसम्म यो पीडाबाट कसरी पार पाऊलान् !’
सानो उमेरमै विधवा भएकालाई कोरोनाले एकल अभिभावका रूपमा सन्तान हुर्काउने अत्यन्तै गाह्रो काम सुम्पिएर गएको छ । शायद यो महामारीकै ठूलो परीक्षा हो उनीहरूका लागि ।
केही महिलाको पीडा त क्रोधसँगै जेलिएको छ । यस्तैमा पर्छिन् मारा बैँन, जो टेक्सासमा बस्छिन् । उनले कोरोना भाइरसका कारण अप्रिलमा श्रीमान् गुमाइन् । एक व्यापारिक भ्रमण सकेर फर्किएपछि उनका श्रीमानको मृत्यु भएको थियो । तीन सन्तानकी आमा वैँनले अन्य विधवा महिलासँग अनलाइनबाट जोडिँदै आफ्नो आर्थिक र भावनात्मक संघर्षको कथा सुनाइन् ।
उनले राष्ट्रपति ट्रम्प र कोरोना संकटका विषयमा बताइन्, खासगरी जब उनका श्रीमान् बिरामी थिए । उनको समुदायका मानिसले अझै पनि मास्क लगाउने र समाजिक दूरी कायम राख्ने सुझाव पालना नगरेको देख्नु दुःखद हो ।
‘महामारी र त्यो महामारीमा आफ्नो कसैलाई गुमाउँदै गरेको कल्पना गर्नुहोस्, जुन एक्लै सहनुपरेको छ’, वैँनले भनिन्, ‘मेरो श्रीमानको निधन हुँदै गर्दा म शान्त र बन्द कोठाभित्र बस्न सक्ने थिइनँ । यस्तो नहुनु पर्ने थियो ।’
(डिसेम्बर ३१ मा द न्यूर्योक टाइम्समा प्रकाशित यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)
प्रतिक्रिया