किन हुन्छ अपच ? लक्षण र उपायसहित | Khabarhub Khabarhub

किन हुन्छ अपच ? लक्षण र उपायसहित


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अधिकाशं नेपालीमा पेट सम्बन्धीको रोग हुने गर्दछ । सबैभन्दा बढी नेपाली पेटको रोगबाटै ग्रसित हुने गर्दछन् । यसमध्ये एक हो अपच ।

हामीले खाएका खाना पचाउन शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्‍याल सक्रिय हुने गर्दछन् । तर पनि धेरै नेपालीमा खाना नपच्ने अर्थात अपचको समस्या हुने गर्दछ । अपच हाम्रो असावधानीका कारणले हुने गर्दछ ।

किन हुन्छ अपच ?
– खाना राम्रोसँग नचपाइकन खानु
– चिल्लो, मसलेदार पिरो खाना खानु
– कुसमयमा खाना खानु वा लामो समय भोको बसेर खानु
– शारीरिक परिश्रम कम हुनु
– काचो, बासी वा सडेको खाना खानु
– मन नलाग्दा पनि बढि खानु

अपचका लक्षणहरु :
– खाना खाएपछि अमिलो डकार आउनु
– जीउ भारी भए जस्तो हुन्छ
– छाती पोल्नु
– बान्ता आउनु
– पेट फुल्नु
– टाउको दुख्नु
– अस्वभाविक पसिना आउनु

अपच भए के गर्ने ?
– एक टुक्रा अदुवामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर चपाएर खाने ।
– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएको ताजा अचार खाने ।
– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने ।
– प्रशस्त पानी पिउने र बान्ता आउन खोज्यो भने नरोक्ने ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : ०६ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको