बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित « Khabarhub

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण स्थगित


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ ।

प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताले जनाएअनुसार जोनसनले मङ्गलबार बिहान भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्वयोजना अनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गरेका थिए ।

बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकोले स्वास्थ्य सङ्कटका वेला आफू विदेश भ्रमण निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गर्नु परेको उनले जनाएका छन् ।

जोनसनले यसै वर्ष बेलायतमा आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो ।

भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिन पूर्वकार्यक्रम रहेको थियो ।

अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् ।

यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउन पहल गर्ने बताइएको थियो ।

बेलायतले यूरोपेली संघ (ईयू) को एकल बजारलाई छोडेपछि हुन लागेको भनिएको यो भ्रमणमा भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : ४० बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र