गैरसंवैधानिक कदम सच्याउने बाटो अदालतसँग छ, अरू बाटो रोज्न नपरोस्- बाबुराम भट्टराई « Khabarhub

गैरसंवैधानिक कदम सच्याउने बाटो अदालतसँग छ, अरू बाटो रोज्न नपरोस्- बाबुराम भट्टराई


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदम सर्वोच्च अदालतबाट सच्चिने अपेक्षा गरेका छन् ।

पुस ५ भएको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेका बेला जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको गैरसंवैधानिक कदम सच्चिने अपेक्षा गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत अदालतलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा साथ नदिन चेतावनी दिएका हुन् ।

डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ ! ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ ! अरू बाटो रोज्न नपरोस् !’

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १ : ३९ बजे

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको

ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ