दाहाल-नेपाल समूहको अनेरास्ववियु लालटिन बालेर सडकमा (भिडियोसहित) « Khabarhub

दाहाल-नेपाल समूहको अनेरास्ववियु लालटिन बालेर सडकमा (भिडियोसहित)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् ।

ओलीले गैरसंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरेको विरोधमा दाहाल-नेपाल समूहको अनेरास्ववियुले आज लालटिन बालेर प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा भएको प्रदर्शन माइतीघर मण्डलदेखि नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।अनेरास्ववियुले सरकारविरूद्ध पुस २९ गतेसम्म सडक आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ला कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा छ ।

हेरौँ भिडियो

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १ : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको