‘हेमबहादुर मल्ल पुरस्कर’बाट डा. दास सम्मानित « Khabarhub

‘हेमबहादुर मल्ल पुरस्कर’बाट डा. दास सम्मानित


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेम बहादुर मल्ल पुरस्कारबाट डा. गौरी शंकर लाल दास सम्मानित भएका छन् । उनलाई दुइ लाख रुपैयाँ धनराशिको हेमबहादुर मल्ल पुरस्कार प्रदान गरिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र नेपाल जनप्रशासन संघद्वारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई सम्मानित गरिएको हो ।

माता भवानी देवी र पिता जनार्दन लाल दासको जेष्ठ सुपुत्रका रुपमा वि.स. १९८२ साल असोज १० गते सिराहाको इनरुवामा जन्मिएका छात्ती रोग विशेषज्ञ डा. गौरी शंकर दास ९६ वर्षको उमेरमा सामाजिक अभियानताको रुपमा परिचित छन् ।

वि.स. २००९ सालदेखि वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरकाे रुपमा आफ्नो स्वास्थ सेवा आरम्भ गरेका डा. दास वि.स. २०२४ सालमा स्वास्थ सेवा विभागको निर्देशक हुँदै स्वास्थ योजना अधिकृत भए ।

डा . दासले सन १९७५-१९९० को दीर्घकालीन प्रथम स्वास्थ सेवा योजना र विश्व स्वास्थ संगठनमा आवद्ध रही माल्दिभ्सको पहिलो स्वास्थ्य सेवा योजना तर्जुमा गर्नुलाइ उनको उपलब्धी मानिन्छ ।

त्यस्तै वि.स. २०३५ देखि २०४७ सालसम्म लोक सेवा आयोगको र वि.स. २०५७ देखि २०६२ सम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य थिए ।

गोरखा दक्षिण बाहु जस्ता विभिन्न उल्लेखनीय मानपदवी र सम्मानबाट विभुषित डा. दास नेपाल रेडक्रस सोसाइटी, कुष्ठराेग निवारण संस्था, नेपाल क्षयराेग निवारण संघ, नेपाल मेडिकल संघ, परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघ, रुद्रराज साहित्य सेवा समिती लगायत दर्जनौँ संघ संस्थाहरुको सस्थापक, अध्यक्ष , पदाधिकारी, सल्लाहकारको जिम्मेवारीमा सक्रिय रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ५ : ०८ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग