कोमल ओलीको प्रश्न : ताजा जनादेशमा जाने कुरा कसरी अधिनायकवाद ?  | Khabarhub Khabarhub

कोमल ओलीको प्रश्न : ताजा जनादेशमा जाने कुरा कसरी अधिनायकवाद ? 


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रतिनिधिसभा विघटन गर्दै जनादेशमा जाने कुरा कसरी अधिनायकवाद भएको भन्दै प्रश्न गरेकी छिन ।

राष्ट्रियसभामा शुक्रबार बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही भयो ? भन्दै प्रश्न गरेकी हुन ।

निर्वाचनको मिति घोषणा गर्दा सरकार अधिनायकवादी दिशामा अगाडि बढ्यो भन्नु तर्कसङ्गत नभएको उनको भनाइ थियो ।

जनताको परीक्षणमा जाने कुरा कसरी तानाशाही र अधिनायकवादी भयो ? भन्दै उनले चुनावमा जान डराउनेहरुको मनमा अधिनायकवाद रहेको आरोप लगाइन ।

प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले आउँदो वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि प्रतिपक्षी दल र सत्तारुढ दल नेकपाकै सांसद्हरुसमेत सो घोषणाको विपक्षमा छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको, प्रधानमन्त्री तानाशाही बनेको आरोप राष्ट्रियसभामा प्रतिपक्षी दलका सांसद्हरुले लगाइरहेका छन ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : २५ बजे

एलन मस्क बेइजिङमा

काठमाडौं– अर्बपति व्यापारी एलन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन्

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ