सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी « Khabarhub

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले आज बिहान एक सूचना जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न राजविराज नगरपालिका क्षेत्रमा बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रशासनका अनुसार नगरपालिका क्षेत्रको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ।

प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दै आन्दोलन वा अवाञ्छित गतिविधिका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख गरेको छ।

प्रशासन कार्यालयले यस आदेशको बर्खिलाप हुनेगरी कुनै गतिविधि गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजित कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ५५ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी