सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी « Khabarhub

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले आज बिहान एक सूचना जारी गर्दै शान्ति–सुरक्षा कायम राख्न राजविराज नगरपालिका क्षेत्रमा बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रशासनका अनुसार नगरपालिका क्षेत्रको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही, उत्तरमा रूपनी रोडअन्तर्गत बसबिट्टी र दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ।

प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दै आन्दोलन वा अवाञ्छित गतिविधिका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख गरेको छ।

प्रशासन कार्यालयले यस आदेशको बर्खिलाप हुनेगरी कुनै गतिविधि गरे, गराएको पाइएमा प्रचलित कानुन बमोजित कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ९ : ५५ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि