प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन « Khabarhub

प्रतिनिधिसभा विघटनविरुद्ध ३३० निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली का‌ग्रेसले सरकारको विरोध गर्दै आज ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा उत्रिएको कांग्रेसले दोस्रो चरणको कार्यक्रम अन्तर्गत देशभरका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र सभा गर्दैछ ।

देशका विभिन्न ठाउँमा हुने प्रदर्शनलाई केन्द्रीय स्तरका नेताहरु आफूलाई पायक पर्ने ठाउमा सहभागी हुने जनाइएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौँ क्षेत्र नम्बर ५ ‘ख’ बूढानीलकण्ठको विरोध कार्यक्रममा सहभागी हुनेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँ क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश ‘ख’ को गोलढुंगामा आयोजना हुने विरोध सभामा सहभागी हुनेछन् ।

कांग्रेसको पुस १९ गते बसेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा सम्म विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार कांग्रेसले शनिबार प्रदेश क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।

सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण प्रतिनिधिसभा विघटन भएको ठहर गर्दै कांग्रेस सडका उत्रिएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने कांग्रेसको ठहर छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : ४८ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली