चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्ति स्वागतयोग्य– योगेश भट्टराई « Khabarhub

चार पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्ति स्वागतयोग्य– योगेश भट्टराई


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (प्रचण्ड–नेपाल)पक्षका नेता योगेश भट्टराईले नेकपाको आधिकारीक पार्टी आफुहरु भएको दावी गर्दै प्रतिनिधिसभाविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका छन् ।

दैलेखको दुल्लुमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न वीरेन्द्रनगर पुगेका नेता भट्टराईले सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विज्ञप्ति जारी गर्नुलाई स्वागतयोग्य भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध लाग्ने सबैलाई स्वागत गर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी ढंगमा गरेको प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी छ, अहिले संविधानको रक्षा गर्ने सबै पंक्ति आन्दोलनमा छौं । प्रमुख प्रतिपक्षी दलले पनि ओलीको कदमको विरोध गरेको छ । अहिले उहाँहरु पनि आन्दोलनमा नै हुनुहुन्छ । अबको केही समयपछि एकीकृत रुपमा आन्दोलन गर्छौं ।’

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १ : २० बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना