प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजनको कारक : मन्त्री अर्याल « Khabarhub

प्रधानमन्त्रीमाथि लगाएको आरोप नै पार्टी विभाजनको कारक : मन्त्री अर्याल


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चौतर्फी घेराबन्दीमा पारेर अपदस्त गर्ने खेल पार्टीका जिम्मेवार नेताबाट भएकाले नेकपामा अहिलेको अवस्था आएको बताएकी छिन ।

स्याङ्जाको वालिङमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारलाई घेराबन्दीमा पारेर प्रधानमन्त्री ओलीमाथि विविध आरोप लगाएको उल्लेख गरिन ।

उनले सहमतिको आधारलाई भत्काएर विधि विधानको नाममा बहुमतको खेल खेलेर पार्टीलाई विघटनको अवस्थापा पुर्‍याउने अवस्था आएपछि प्रधानमन्त्री बाध्य भएर प्रतिनिधिसभाको विघटन गर्नुपर्ने अवस्थामा पुगेको बताइन ।

सरकारले नेपालको नक्सामा लामो समयदेखि गुमेको कालापानी लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नक्सा जारी गरेदेखि नै छिमेकीसँग सम्बन्ध बिगारेको भन्दै आफ्नै पार्टीका जिम्मेवार नेताबाट भएको टिकाटिप्पणीबाट सबै कुरा प्रष्ट भएको मन्त्री अर्यालको भनाइ थियो ।

मन्त्री अर्यालले जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै उत्पादनका काममा लाग्नसमेत आम कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले समाज सेवासँगसँगै व्यवसायका क्षेत्रमा लागेर आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्नेमा जोड दिइन।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ४९ बजे

पात्र निर्माणमा अल्छी भएका हुन् विपिन ?

काठमाडौँ– नायक विपिन कार्कीले पाँच वर्षभन्दा अगाडि साइन गरेको फिल्म

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल