अदालतलाई दबाब दिन मिल्दैन : सभापति देउवा | Khabarhub Khabarhub

अदालतलाई दबाब दिन मिल्दैन : सभापति देउवा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् ।

प्रतिनिभिसभा विघटनविरुद्ध देशभर भएको प्रदर्शनका क्रममा काठमाडौंको बुढानिलकण्ठमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक भए पनि जुलुस निकालेर अदालतलाई दबाब दिनेगरी ‘यो गर, त्यो गर’ भन्न नमिल्ने धारणा राखे ।

‘अदालतको निर्णय कांग्रेसले मान्छ । अदालतले चुनावमा जाने केपी ओलीको कदमलाई सदर गर्‍यो भने कांग्रेस चुनावमा जान्छ, अरु पनि जान्छन् ।’
उनले अदालतले ओलीको कदमलाई सदर गरेमा ‘प्रचण्ड’हरु पनि चुनावमा आउने देउवाले बताए ।

तर ओलीले चुनाव गराउनेमा भने शंका रहेको देउवाको भनाइ छ ।

उनले संसद पुनःस्थापना नभए चुनावमा जानका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले संसद् पुर्नस्थापना भएन भने चुनाव हुने अवस्था आउने भन्दै चुनाव गराउन दबाब दिनुपर्ने बताए ।

सभापति देउवाले ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने भन्दै त्यसबेला ओलीलाई देशमा बस्न नै गाह्रो हुने तर्क गरेका थिए ।

 

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ३६ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

काठमाडौं– राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।