ओली संसद छाडेर भागेका ‘भगौडा’ भएको नेता थापाको आरोप « Khabarhub

ओली संसद छाडेर भागेका ‘भगौडा’ भएको नेता थापाको आरोप


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्।

शनिबार कांग्रसले काठमाडौँ क्षेत्र नम्बर ४ मा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन ।

उनले भने ‘प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, हुन्छ अदालतले न्याय गर्छ, गर्छ, अदालतले विवेक पुर्‍याउँछ ।’

उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि पहिलो काम प्रधानमन्त्री र राष्ट्रपतिलाई बिदा गर्ने हुने बताए।

‘संसद पुनःस्थाना भएपछि पहिलो काम प्रधानमन्त्रीलाई घर फर्कान्छ, उहाँले बनाउन लगाएको दमको भ्यु टावरमा लगेर एकपटक दमक हेर्न लगाइन्छ’, उनले भने, ‘संसद पुनःस्थापान भएपछि महामहिम राष्ट्रपतिलाई पनि चपली ल्याइन्छ, चपलीको बाटो पनि हेर्दै गर्नुहोला।’

उनले अविश्वासको प्रस्ताव सामना नगरी प्रतिनिधिसभा भंग गर्ने बाटोमा हिँड्ने प्रधानमन्त्री क्रान्तिकारी हुनै समेत उनले आरोप लगाए ।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले आफू क्रान्तिकारी भएको भनाइलाई इँगित गर्दै नेता थापाले भने, ‘प्रधानमन्त्री क्रान्तिकारी होइनन्, संसद छोडेर भागेका भगौडा हुन्। क्रान्तिकारी भए अविश्वासको प्रस्ताव सामना गर्नुहुन्थ्यो।’

उनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको भन्दै ओलीलाई सँगै बसेर संविधान पढ्न खुलामञ्च आउन आह्वान समेत गरे ।

‘हिजो धनगढी पुगेर प्रधानमन्त्री ओलीले संविधान पढ्न सुझाव दिनु भएछ’, थापाले भने, ‘कमरेड ओली आउनुहोस्। तपाईं सुवास नेम्वाङ र अग्नि खरेल लिएर आउनुहोस्। म संविधान ढोग्ने रामवरण यादवलाई लिएर आउँछु। खुला मञ्चमा सँगै बसेर संविधान पढौँ।’

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ४५ बजे

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय