काठमाडौँ उपत्यकामा थपिए १९४ जना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए १९४ जना संक्रमित


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर थपिएका ३६२ संक्रमितमध्ये १९४ जना काठमाडौं उपत्यकाका मात्रै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौँ उपत्यकामा कुल संक्रमितको संख्या ९८ हजार ६ सय पुगेको छ। जसमध्ये ९५ हजार ८८८ जना उपचारपछि निको भएका छन् भने ४ सय ७९ जनाको मृत्यु भएको छ।

काठमाडौंमा हाल २ हजार २३३ जना सक्रिय संक्रमित छन्।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ३० पुगेको छ । जसमा १ सय १० जनाको मृत्यु भएको छ भने ८ हजार ७८७ जना निको भएका छन । हाल भक्तपुरमा १ सय ३३ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ५२८ पुगेको छ । जसमा १५ हजार १०५ जना निको भएका छन् भने १५१ को मृत्यु भएको छ। ललितपुरमा हाल २७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : ०१ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको