संसद विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्लामा 'बयलगाडा' जुलुस | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्लामा ‘बयलगाडा’ जुलुस


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार प्रदेश नं. १ मा प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय विरोध कार्यक्रम गरेको छ ।

विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्रनम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट सुरु भएको विरोध र्‍याली दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो । बयलगाडासहित निस्किएको विरोध र्‍याली ठाउँ-ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो ।

कोणसभाहरुलाई कांग्रेस पूर्व झापा जिल्ला सभापति पूर्णानन्द शर्मा, पार्टीका महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डी भण्डारी, नगर सभापति रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाईं, नगर सभापति मन्धरा पौडेल लगायतले सम्बोधन गरे ।

वक्ताहरुले वर्तमान सरकारले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै यसलाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस नेताहरुले अहिले भ्रष्टाचारले सीमा नाघेको साथै महंगीले नागरिक आक्रान्त भइरहेका बेला जनताको सर्वोच्च थलो संसदनै विघटन भएकोले नागरिकको अधिकारका लागि सडकमा आउनु पर्ने बाध्यता रहेको बताए ।

प्रदेश क्षेत्र सभापति पदम सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिवद्वय धर्मानन्द भट्टराई र चुडेन्द्र खड्काले गरेका थिए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १५ बजे

राष्ट्रियसभा बैठकबाट आज बजेट पारित गरिँदै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ ।

वैकल्पिक खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाको जिम्बाबेविरुद्ध सानदार जित

काठमाडौं – दक्षिण अफ्रिकाले जिम्बाबेसँगको टेस्ट खेलमा ३२८ रनको जित

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने