‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’ « Khabarhub

‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गरेका छन् ।

तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गरे ।

भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले त्यसलाई सुधार्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पार्टीलाई एक ढिक्का बनाउँदै बलियो बनाउन कार्यकर्ताले खबरदारी गरिरहनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना