काठमाडौं उपत्यकामा थपिए १२६ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए १२६ कोरोना संक्रमित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई कोरोना पुष्टि भएको हो ।

हालसम्म काठमाडौंमा मात्र ९८ हजार ६९९ जना संक्रमित भएका छन्, जसमध्ये ४८० जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ११३ जना निको भएका छन्।

ललितपुरमा १५ हजार ५४६ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार १५४ जना निको भएका छन्।

भक्तपुरमा ९ हजार ३९ संक्रमितमध्ये ११० जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८८२५ जना निको भएका छन्।

आज काठमाडौंमा २ हजार १०६ ललितपुरमा २४० र भक्तपुरमा १०४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ४ : ५६ बजे

बीआरआईमा कांग्रेस-एमालेबीच फरक मत छैन : उपप्रधानमन्त्री सिंह

पोखरा– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बीआरआईको विषयले सरकारमा

गाजा युद्धविराम वार्ताका लागि हमास प्रतिनिधिमण्डल छलफलमा

एजेन्सी – गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न

एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सले

एनपीएलको रौनक (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर

नेप्सेमा ६७ अंकको चढाव – सेबोन अध्यक्ष श्रेष्ठको परीक्षा !

काठमाडौं – मंसिरको दोस्रो साता शेयर बजारका लागि सुखद साता